सहायक क्याम्पस प्रमुखमा श्री कृष्ण प्रसाद अधिकारीकाे नियूक्ति,
1 year(s) ago
यस लक्ष्मी क्याम्पसमा विगत लामाे समय मिति २०६८/०९/१३ वाट प्रध्यापककाे रूपमा कार्यरत श्री कृष्ण प्रसाद अधिकारी, यस क्याम्पस सञ्चालक सिमितिकाे मिति २०८१/०८/२५ गतेकाे निर्णय अनुसार सहायक क्याम्पस प्रमुखकाे पदमा नियूक्ति हुनु भएकाे छ । प्राध्यापक श्री कृष्णा प्रसाद अधिकारीले यस क्याम्पसमा वि.एड.तथा वि.वि.एस.संकायका राजनीतिशास्त्र साथै व्यावसायिक कानुन जस्ता विषयहरू अध्यापन गर्दै विद्यार्थीहरूकाे शैक्षिक प्रगित साथै यस क्याम्पसकाे प्रशासनिक कार्यमा समेत उल्लेखनिय याेगदान दिनुभएकाेले यस क्याम्पसकाे सहायक क्याम्पस प्रमुख जस्ताे महत्वपूर्ण जिम्मेवारी सुम्पिएकाे छ ।
प्राध्यापक श्री कृष्ण प्रसाद अधिकारीलाइ हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाै।
Laxmi Campus